Sunday, February 24, 2019

घरभित्र खाल्डो खनेर यसरी लुकाइएको थियो १८ किलो सुन [फोटो फिचर]

घरभित्र खाल्डो खनेर यसरी लुकाइएको थियो १८ किलो सुन [फोटो फिचर]

नारायण अधिकारी
379Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले खाल्डो खनेर लुकाई राखिएको १८ किलो सुन बरामद गरेको छ।
तस्करी गरेर ल्याइएको उक्त सुन कञ्चनपुरको पुर्नवास नगरपालिका २ दशरथ बस्तीबाट बरामद भएको हो। घरभित्र खाल्डो खनेर लुकाइएको अवस्थामा सुन बरामद भएको अपराध महाशाखाका डिएसपी रुगम कुवँरले जानकारी दिए।
घरभित्र खाल्डो खनेर माथिबाट आलुले छोपेर सुन राखिएको थियो। कालो कपडामा बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा सुन बरामद भएको हो। 
उक्त सुन तस्करीका संलग्न एक जना पक्राउ परेका छन्। अर्का एक जना पनि संलग्न रहेकाले अनुसन्धान भइरहेको कुँवरले बताए। पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ।

No comments:

Post a Comment