Wednesday, May 8, 2019

सुन बोकेर कर्मचारीको ओहोरदोहोर, ६ हजारमै सप्लाई हुन्छ विमानस्थलबाट सुन

सुन बोकेर कर्मचारीको ओहोरदोहोर, ६ हजारमै सप्लाई हुन्छ विमानस्थलबाट सुन 

 नेपाल लाइभ |  २०७६ बैशाख २३ सोमबार | Monday, May 06, 2019  १६:०५:०० मा प्रकाशित
13Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नयाँनयाँ तरिका अपनाउँदै सुन तस्करी हुँदै आइरहेको छ। केही दिनअघि मात्रै प्रहरीले सर्टका टाँक बनाएर ल्याइएको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो। त्यसभन्दा अघि पनि बेल्ट बनाएर, सुटकेशको पांग्रा बनाएर सुन, बाला बनाएर सुन तस्करी हुँदै आएको थियो।
आइतबार मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंले विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न भएको पाइएपछि नेपाल वायुसेवा निगमका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको थियो। 
पक्राउ पर्नेमा २१ वर्षीय रञ्जितकुमार यादव र दुबईबाट काठमाडौं आएका २६ वर्षीय धर्मेन्द्रकुमार यादव छन्। यी दुवैको घर सिरहा हो। रञ्जित एक वर्षदेखि करारको रुपमा विमानस्थलमा लोडरको काम गर्दै आएको परिसरका प्रमुख वसन्त कुमार लामाले जानकारी दिए।
धर्मेन्द्र दोहाबाट नेपाल एयर लाइन्सको फ्लाइटबाट काठमाडौं आएका थिए।
विमास्थलमा ओर्लनेबित्तिकै उनी बस चढेर अलि वर्तिर आए। त्यसपछि लोडरको काम गर्ने रञ्जित दगुर्दै बस भएको ठाउँमा पुगे। धर्मेन्द्रले रञ्जितलाई हातमा सानो पोको थमाए। 
चेकिङ पार गर्दै धर्मेन्द्र विमानस्थलबाट बाहिरिए। पूर्वसूचना पाएको प्रहरीले सम्पूर्ण गतिविधि निगरानी गरिहरेको थियो। त्यसपछि प्रहरी धर्मेन्द्रको पछि लाग्यो। उनी गौशालाको एक होटलमा गए। प्रहरीले होटलबाटै उनलाई नियन्त्रणका लियो। 
‘सुरुमा उनले केही भन्ने चाहेनन्। पछि सिसी टिभी फुटेजसमेत हामीसँग सुरक्षित छ भनेपछि उनले सुन ल्याएको स्वीकार गर्दै रञ्जितलाई दिएको बताए,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने।
धर्मेन्द्रले दिएको १० तोलाका तीन टुक्रा सुन रञ्जितले मोटरसाइकलको ब्याट्रीमाथि लुकाएर राखिसकेका थिए। उक्त सुन उनले अर्के व्यक्तिलाई दिनुपर्ने थियो। उनी पनि विदेशबाटै काठमाडौं आउँदै थिए। त्यसपछि उनी उक्त सुन लिएरै कोठा पुगे। कोठाबाट पुन फर्किएर विमानस्थल पुगेका थिए। तर सुन लिन आउने मान्छे आइपुगेका थिएनन्।
त्यतिबेलै प्रहरीले रञ्जितलाई पनि पक्राउ गर्‍यो।
पक्राउ परेपछि उनले सुन लिएको स्वीकार गर्दै मोटरसाइलकमा लुकाएर राखेको सुनको बारेमा प्रहरीलाई बताएका थिए। प्रहरीले विमानस्थलमै पार्किङ गरेर राखेको उनको मोटरसाइकलको ब्याट्रीमाथि लुकाएर राखेको सुनका तीन वटा टुक्रा बरामद गरको थियो। उक्त सुन ३० तोला रहेको प्रहरीले जनाएको छ। 
उनले यसरी सुन पास गरेबापत पैसा बुझ्दै आएको प्रहरीले जनाएको छ। ३० तोला सुन पास गर्दा मात्रै उनले २ सय रियाल (झन्डै ६ हजार रुपैयाँ) लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 
उनीहरुले लामो समयदेखि यसरी तस्करी गर्दै आएको बताउँदै प्रहरीले विमानस्थलका अन्य कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने जनाएको छ।
तस्कर गर्नकै लागि नेपालबाट विदेश जाँदा सिमकार्ड दिएर पठाउने र आउँदा विमानस्थलमा ओलर्नेबित्तिकै उक्त सिममा सम्पर्क गरेर सुन पास गर्ने गरेको पाइएको एसएसपी लामाले जनाए।

No comments:

Post a Comment