Wednesday, April 24, 2019

EXCLUSIVE : आफ्नै संगठनविरुद्ध लडेका प्रहरी, जसले मरेपछि मात्र 'न्याय' पाए

EXCLUSIVE : आफ्नै संगठनविरुद्ध लडेका प्रहरी, जसले मरेपछि मात्र 'न्याय' पाए

 नारायण अधिकारी |  २०७६ बैशाख ७ शनिबार | Saturday, April 20, 2019  १३:३५:०० मा प्रकाशित
240Shares
 Share
 Tweet
 Share
 Email
रातो घेरामा राजेशकुमार खड्का

काठमाडौं– माओवादीले थालेको सशस्त्र युद्ध चरमोत्कर्षमा थियो। राज्यपक्ष र विद्रोहीको चेपारोमा दैनिकजसो ज्यान गुमाउनुपर्थ्यो निर्दोष नागरिकले पनि। गाउँगाउँका प्रहरी चौकी सदरमुकाम र नजिकैको आर्मी ब्यारेकमा सरिसकेका थिए। माओवादी द्वन्द्वको सामना गर्न प्रहरी एक्लैलाई हम्मेहम्मे थियो भने तत्कालीन शाही नेपाली सेना सरकारको आदेशमा चल्न पनि गाह्रो स्थिति थियो। 
यही चुनौतीका बीच सरकारले २०५८ सालमा अर्धसैन्य दस्ताको एउटा फौज गठन गर्‍यो। जसलाई नाम दिइयो- सशस्त्र प्रहरी बल। नेपाल आर्मी र नेपाल प्रहरीबाट एक तह बढुवा गर्दै लगिएको जनशक्तिबाट सशस्त्रको गठन भएको थियो।
त्यसपछि पहलो पटक २०५९ सालमा सशस्त्र प्रहरी बलले खुल्ला प्रतिस्पर्धाबाट भर्ना आह्वान गर्‍यो। त्यसबेला सुरक्षा फौजमा भर्ना हुनु निकै चुनौतीपूर्ण मानिन्थयो। कतिपय सुरक्षाकर्मीले जागिर नै छाडेका थिए। यस्तो कठिन समयमा ज्यान नै जोखिममा राखेर राष्ट्र र नेपाली नागरिकको सुरक्षाका खातिर भन्दै सशस्त्रमा भर्ना भए, राजेशकुमार खड्का।
युद्धमा कतिखेर मरिने ठेगान थिए। त्यसबेला विद्रोहीसँग लड्दा सँगैका कतिपय साथीले आँखैअगाडि वीरगति प्राप्त गरे। भाग्यले उनी बाँचे।
अफसोस! आफ्नो घरपरिवार बिर्सिएर राष्ट्र र माटोको कसम खाएर सशस्त्रमा लागेका राजेशविरुद्ध आफ्नै संगठन आइलाग्यो। उनले अदालतको ढोका पनि ढकढक्याए। त्यत्रो युद्धमा समेत ज्यान जोगाएका उनी न्यायको लडाइँमा भने हार खाए। हार यो माने कि उनको भौतिक शरीर माटोमा विलिन भइसकेको छ। तर, आफूविरुद्ध लाग्ने आफ्नै संगठनलाई पराजित गरेका उनले यो खबर सुन्नै पाएनन्।
जागिर प्रवेश
राजेश सिन्धुली साबिकको लदाभीर गाविस–१ (हाल दुधौली नगरपालिका–७) का स्थानीय हुन्। मध्यम परिवारका उनले कक्षा १० सम्म अध्ययन गरे। र, सशस्त्र प्रहरी बलको जवान पदमा २०५९ सालमा भर्ना भए। 
निकै सुरो स्वभावका उनी बिदामा घर आउँदा साथीहरुसँग माओवादीसँग भएको लडाइँ, जम्काभेट, पलपलले बाँच्नुपरेको कहानी सुनाउँथे। अहिले पनि उनका भाइ उमेश खड्कासँग दाजु राजेश बर्दघाटमा माओवादीले राखेको एम्बुसमा परेर भाग्यले बाँचेको क्षण ताजै छ। सँगैका केही साथीले भने ज्यान गुमाएका थिए।
जागिर खाएपछि राजेशले विवाह गरे। उनका श्रीमती, १० वर्षका एक छोरा र ५ वर्षकी छोरी छन्। 
आमा बिरामी भएको त्यो खबर
राजेशको गाउँमा त्यसबेला माओवादी द्वन्द्वको सामान्य प्रभाव थियो। दुस्मनले थाहा नपाओस् भनेर घर आएका बेला उनी आफ्नो घरमा सुत्दैनन्थे। छिमेकी तथा गाउँका अन्य साथीको घरमा रात बिताउनुपर्थ्यो। यसरी जोखिमै जोखिममा जागिरका तीन वर्ष बितिसकेका थिए।
माओवादीसँग वार्ता भएर देश शान्तिपूर्ण अवस्थामा फर्किंदै थियो। त्यसबेला उनी हवल्दारको रुपमा सशस्त्र प्रहरी बल छिन्नमस्ता गण बर्दिबासमा कार्यरत थिए। सोही क्रममा २०६३ जेठ १४ गते उनलाई घरबाट सूचना आउँछ, ‘आमा सिकिस्त बिरामी छ। तुरुन्त घर आउनू।’
राजेश परिवारका माहिलो छोरा। जेठो श्याम वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया थिए। साहिँलो र कान्छो पनि नेपाल आर्मीमै कार्यरत। घरबाट सबैभन्दा नजिक राजेश नै थिए।
उनले आफूभन्दा माथिल्ला अधिकारीसँग आफ्नो समस्या बताए। मौखिक स्विकृति लिएर उनी घर गए।
गणमा सम्पर्क गर्नू, अहिले हाजिर हुँदैन
आामाको उपचारपछि उनी छैटौं दिन अर्थात् २०६३ जेठ २० गते हाजिर हुन कार्यालय गए। ‘अहिले हाजिर हुँदैन। गणमा सम्पर्क गर्दै बस्नू’ गणले उनलाई हाजिर गराएन।
आमाको उपचारपछि केही राहत मिलेको महसुस गरेर अफिस फर्किएका उनीमाथि अर्को बज्रपात आइलाग्यो। कार्यालयले हाजिर नै गराउन मानेन। उनीसँग बिदामा बसेको भन्ने माथिल्ला अधिकारीको मौखिक आदेशबाहेक केही प्रमाण थिएन। चेन अफ कमान्डमा चल्ने फौजमा गुनासो तथा रिपोर्ट गर्ने हैसियत पनि उनीसँग थिएन।
संगठनले हाजिर नै गर्न नमाउनेपछि उनी निराश हुँदै घर फर्किए। तर गणमा भएका आफ्ना सहकर्मीसँग भने उनले जानकारी लिइरहे। कहिले बोलाउला र जागिरमा जाऊँला भन्ने थियो उनलाई।
सहकर्मीबाटै थाहा पाए, २०६३ जेठ १२ गतेबाटै लागू हुनेगरी आफूलाई सेवाबाटै हटाइएको। गणका जिम्मेवार अधिकारीसँग बुझे। तब अझ बुझे,  भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाइएको रहेछ।
त्यसपछि उनले माथिल्लो निकाय सशस्त्र प्रहरी नायव महानिरीक्षक बराहा बाहिनी पथलैयामा जागिरमा पुनर्बहाली गर्न माग गर्दै पुनरावेदनपत्र दर्ता गराए। २०६५ माघ ६ गते बाहिनीले सशस्त्र प्रहरी उपरीक्षको निर्णय नै सदर गर्‍यो। 
अझ नियमावलीको नियम ९१ (१) बमोजिम सफाइ पेस गर्ने एवं आफ्नो कुरा भन्ने मौका प्रदान नगरी तथा एकतर्फी रुपमा लाग्दै नलाग्ने कसुरमा सेवाबाट हटाइएको उनको जिकिर थियो।
त्यसपछि उनले औपचारिक रुपमा जागिरबाट हात धुनुपर्‍यो।
आफ्नै संगठनविरुद्ध मुद्दा 
जागिर जोडिन भनेर ओहोरदोहार गर्दागर्दै २ वर्ष बितिसकेको थियो। अन्तत: माथिल्लो निकायै सेवाबाट हटाउने निर्णय सदर गरेपछि उनले कानुनी उपचार खोज्ने संकल्प गरे।
सशस्त्र प्रहरी नियमावली २०६० को नियम ८७. १ (घ) को कसुरमा नियमावलीको ८४ (ख) बमोजिम उनलाई विभागीय कारबाही गर्दै सेवाबाट हटाइएको थियो। तर नियम ८७.१ (छ) मा बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म गैरहाजिर भएमा मात्र हटाउनुपर्ने उल्लेख थियो। राजेशले आफू हाजिर नगराई बिदा बसेको भए पनि जम्मा ६ दिनमात्रै बाँकी थियो। सोही नियममा टिकेर उनले मुद्दा लड्ने निधो गरे।
अझ नियमावलीको नियम ९१ (१) बमोजिम सफाइ पेस गर्ने एवं आफ्नो कुरा भन्ने मौका प्रदान नगरी तथा एकतर्फी रुपमा लाग्दै नलाग्ने कसुरमा सेवाबाट हटाइएको उनको जिकिर थियो।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक, मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैया बारा, सशस्त्र प्रहरी बल महानिरीक्षक मध्य क्षेत्रीय मुख्यालय रुद्र बाहिनी पथलैया बारा, सशस्त्र प्रहरी छिन्नमस्ता गण बर्दिबास महोत्तरी र सशस्त्र प्रहरी उपरीक्षक छिन्नमस्ता गण बर्दिबास महोत्तरीलाई विपक्षी पार्दै २०६५ चैत १० गते सर्वोच्च अदालतमा उनले मुद्दा दर्ता गराए।
आफूलाई सेवाबाट हटाउने निर्णय खारेज गरी बर्खास्त गरेकै मितिबाट सेवामा पुनर्बहाली गर्नुपर्ने र अहिलेसम्मका सबै सेवासुविधा पाउनुपर्ने भन्दै मुद्दा दर्ता गराएका थिए।
जानकारी नदिई गयल भएकाले बर्खास्त!
खड्काले मुद्दा दायर गरेपछि सर्वोच्चले विपक्षीको जवाफ मागेको थियो। छिनमस्ता गणको लाइन ब्यारेकबाट कसैलाई जानकारी नगराई आफूखुसी भागी हिँडेको, सफाइ पेस गर्ने मौका दिँदा उपस्थित भई पेस नगरेको र सम्पर्कमा नआएकोले बर्खास्त गर्नुपरेको कारण लिखित रुपमा पठाइयो।
उनी सम्पर्कमा नआएकाले सशस्त्र प्रहरी बलका इकाइहरुमा समेत खोतलासका लागि पत्र पठाएको सशस्त्र प्रहरी हेडक्वार्टरको जवाफ थियो।
२०६३ जेठ १४ मा छिन्नमस्ता गण बर्दिबासको सिनं ४५६ को पत्रमार्फत खोज्नका लागि पत्राचार गरेको तर सम्पर्कमा नआएको सशस्त्रको जवाफ थियो।
प्रहरीको गम्भीर त्रुटि जसले जागिरमात्रै खोसेन, मृत्युको मुखमा समेत पुर्‍यायो
सशस्त्र प्रहरी हेडक्वार्टर र सम्बन्धित विपक्षीहरुले सर्वोच्चलाई पठाएको लिखित जवाफ अनुसार राजेशको जागिर खोसिनुमा प्रहरीको पनि गम्भीर गल्ती भएको पाइएको छ।
सशस्त्रले आफ्नो सम्पर्कमा नआएपछि र खोजतलास गर्न भन्दै नेपाल प्रहरीलाई समेत पत्राचार गरेको जनाएको छ। २०६३ जेठ १८ गते चलानी नम्बर ९६९ को पत्रमार्फत खड्कालाई खोज्न भन्दै उनको घर भएको ठाउँको जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पत्र पठाएको सर्वोच्चलाई जवाफ दिएको छ। जुन कुरा सशस्त्रले सर्वोच्चमा पेस गरेको कागजातबाट समेत पुष्टि भएको सर्वोच्चले नै जनाएको छ। 
तर पनि कुनै सम्पर्कमा नआएको र गैरहाजिर भएकाले प्राकृतिक न्यायको सिद्धान्तलाई अक्षरश: पालना गर्दै कारबाही गरिएको सशस्त्र प्रहरीको भनाइ छ। 
यता खड्कालाई खोज्न भनेर सशस्त्र प्रहरीले बलले नेपाल प्रहरीलाई पत्राचार गरे पनि नेपाल प्रहरीले खोजी नगरेको पाइइको छ। प्रहरीले उनको स्थायी ठेगानमा कुनै पत्राचार नगरेको, मुलुकी ऐनको अदालती बन्दोबस्तको ११० नम्बरको रित नपुर्‍याई तामेल नगरेको देखिएको सर्वोच्चले जनाएको छ।
त्यस्तै उनलाई सम्पर्कमा आउनु भनेर कुनै पत्रपत्रिका, टेलिभिजनमा सूचना समेत प्रकाशन गरिएको थिएन।  सम्बन्धित व्यक्तिसम्म जिल्ला प्रहरी कार्यालयले सूचना नपुर्‍याउँदा नै उनको जागिर खोसिन पुगेको आशय फैसलामा उल्लेख छ।
सम्बन्धित प्रहरीले सूचना नगर्दा खड्काको जागिर मात्रै खोसिएन उनी सदाका लागि समेत बिदा हुन पुगे।
मृत्यु भइसकेपछि 'जागिर खान जा' भन्ने सर्वोच्चको फैसला
प्रहरीले सम्बन्धित व्यक्तिसमक्ष खबर नपुर्‍याउँदा उनको जागिर मात्रै गएन। सोही कारण डिप्रेसनमा पुगेका उनको ज्यानसमेत गयो। 
जागिर जोड्ने सिलसिलामा उनी सयौं पटक सर्वोच्चको ढोका ढकढक्याउन पुगे। उनका साथी प्रकाश अधिकारी भन्छन्, ‘धेरै पटक अदालत धाउँदाधाउँदा थाकिसकेका थिए। जब सर्वोच्चले ढिलोगरी फैसला गर्‍यो, त्यतिबेला उनी जिन्दगीकै चरम निराशामा गुज्रिइरहेका थिए।
२०६५ चैत १० गते सर्वोच्चमा मुद्दा दायर गरेका उनी अदालत र वकिल धाउँदा धाउदै नेपालको न्याय प्रणालीमा समेत अभ्यस्त भइसकेका थिए। सर्वोच्चमा आउने गरेका अनेक मुद्दाका किस्सा उनी बेलाबेला सुनाउँथे। 
‘घरमा बसिरहेका उनलाई जागिर जोडिनै लाग्यो भन्दै खबर आउँथ्यो। उनी काठमाडौं आइहाल्थे,’ साथी प्रकाश अधिकारी सुनाउँछन्, ‘सुरुसुरुमा जागिर जोडिन्छ भन्ने एक खालको आशा उनमा थियो।’
मलेसिया जान तयार भए। दुर्भाग्य मेडिकल टेस्टमा फेल भए। उनको छातीमा दाग देखियो। त्यसपछि पो उनले सम्झिए, नवलपरासीको बर्दाघाटमा एम्बुसमा परेको घटना।
समयको चक्र धेरै घुमिसकेको थियो। तर उनको मुद्दाको टुंगो र जागिर जोडिने सवाल भने जहाँको त्यही रह्यो। मुद्दा लड्दालड्दै उनले आफ्नो सम्पत्तिको धेरै अंश समाप्त गरे।
‘काठमाडौंको महँगी। आउने जाने र बस्ने भाडा। वकिल खर्च लगायतका कुराले भाइले धरै सम्पत्ति त मुद्दामामिलामा सक्यो,' दाइ श्याम सुनाउँछन्। 
छोराछोरी र श्रीमती पाल्नुपर्ने दायित्व राजेशकै काँधमा थियो। पारिवारिक खर्चमा केही सहयोग हुने भन्दै उनले उदयपुरको कटारीमा रहेका मारुती सिमेन्ट कारखानाको एक कार्यालयमा सेक्युरिटी गार्डको काम गर्न थाले। तर ८/१० हजार रुपैयाँले परिवार पाल्न धौधौ थियो। 
जागिरले सन्तुष्टि नदिएपछि उनी भारतको आन्ध्र प्रदेश गए। त्यहाँ केही राम्रो कमाइ त थियो तर पर्याप्त थिएन। खान बस्न महँगो। नेपाली १४/१५ हजार जोगाउन पनि हम्मेहम्मे। झन्डै एक वर्ष त्यहाँ सेक्युरिटी गार्डको काम गरेपछि उनले घर फर्किने निधो गरे।
यता सर्वोच्चमा उनको मुद्दा चलिरहेकै थियो। २०७२ सालतिर उनी विदेश जाने चक्करमा लागे। पत्रपत्रिकामा विज्ञापन हेरे। म्यानपावरको खोजीमा काठमाडौंका गल्लीगल्ली चहारे। मलेसिया जान तयार भए। दुर्भाग्य मेडिकल टेस्टमा फेल भए। उनको छातीमा दाग देखियो। त्यसपछि पो उनले सम्झिए, नवलपरासीको बर्दाघाटमा एम्बुसमा परेको घटना। जहाँ उनका केही सहकर्मीको ज्यान गएको थियो। त्यसबेला एम्बुसको छर्राले उनको छातीमा भेटेको थियो।
दाग मेटाउन अनेक औषधि लिए। तर मेटिएन। विदेश जाने सपना पनि तुहियो।
भएको सम्पत्ति मुद्दामामिलामै सक्किइसकेको थियो। डिप्रेसनले उनी थलिँदै गए।
२०७४ को मध्यतिर उनले दायर गरेको मुद्दाको फैसला भएको थियो। तर भनियो उत्प्रेषण। पूर्णपाठ भने उपलब्ध भइसकेको थिएन। पूर्णपाठ नआईकन फैसलाको आदेश कार्यान्वयन हुँदैन। परिवारले सोधपुछ गर्दा राजेशकै पक्षमा फैसला भएको थाहा पाएका थिए। तर डिप्रेसनका कारण जीवनको किनारातिर धकेलिएका उनीबाट जागिरको मोह हटिसकेको थियो।
मृत्युको एक वर्षपछि पूर्णपाठ
आफ्नै संगठनले दिएको घात उनको मुटुमा गढेको थियो। जताततै निराशा र भुमरी मात्रै देख्न थालिसकेका थिए उनी। न त घरपरिवारको वास्ता थियो, न साथीभाइकै माया।
दाइ श्याम काठमाडौंको बालुवाटार बस्थे। त्यहीँ रहँदै आएका राजेश २०७५ बैसाख २८ गते दिउँसो कोठाबाट बाहिरिए। भाइ उमेश दाइको अपत्यारिलो घटना सम्झदै भन्छन्, ‘पशुपतिमा मन्दिर गएछन्। दर्शन गरेछन्। दिउँसो वरपर बसेका नाङ्लो पसलेहरुसँग चुरोट मागेर पिएछन्। आफू प्रहरी भएको भन्दै तालिममा सिकेका विभिन्न कौशल पनि देखाएछन्। हेर्ने मान्छेको पनि राम्रै भिड लागेछ। रात परेपछि सबै आफ्नो बाटो लागे। तर दाजु पशुपति क्षेत्रमै रहेको छाप्रोको बाँसमा तारले पासो लगाएर बिते।’ 
सशस्त्र द्वन्द्वको उत्कर्षमा राष्ट्रका लागि होमिएका उनले आफ्नै संगठनसँग लड्दालड्दै सम्पत्ति त सिध्याए नै अन्तत: ज्यानसमेत गुमाउनुपर्‍यो। भलै न्यायिक लडाइँ त उनले जिते तर भौतिक शरीर नै नभएपछि न्यायको के अर्थ! 
संगठनको दम्भ र सर्वोच्चको ढिलो फैसलाका कारण डिप्रेसनमा पुगेका उनी अन्तत: त्यही कारण आत्महत्याको निर्णयसम्म पुगेको उमेश बताउँछन्।
राजेशको मृत्यु भएको झन्डै एक वर्षपछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ निकालेको छ।
'सेवाबाट हटाउनुपूर्व सशस्त्र प्रहरी नियमावली २०६० को नियम ८७ (१) (छ) अनुसार लगातार १५ दिनसम्म बिदा स्वीकृत नगराई अनुपस्थित रहेको आरोपमा हुन सक्ने सजाय समेत उल्लेख गरी स्पष्टीकरण सोधिपुर्नेमा उक्त प्रक्रिया अबलम्बन गरेको देखिएन,' फैसलामा उल्लेख छ।
त्यस्तै राजेशलाई सम्पर्कका आउन सूचना पठाइएको भनिए पनि उक्त सूचना सम्बन्धित व्यक्तिले प्राप्त नगरेको, गोरखापत्रलगायत पत्रपत्रिकामा सूचना निकालेको नेदेखिएको फैसला लेखिएको छ।
स्थायी प्रहरी सेवामा रहेको व्यक्तिलाई के कस्तो आरोपमा कुन किसिमको कारबाही हुन सक्ने हो? उक्त कुरा स्पष्ट खुलाई स्पष्टीकरण सोध्नु नपर्ने र चित्तबुझ्दो जवाफ नआए मात्रै सेवाबाट हटाउनुपर्ने हुन्छ। तर राजेशलाई स्पष्टीकरणको मौका नै नदिई एकातर्फी रुपमा हटाइएकाले प्राकृतिक सुनुवाइको सिद्धान्तविपरीत देखिएको सर्वोच्चको ठहर छ। त्यही कारण भविष्यमा सरकारी सेवाबाट अयोग्य नठहरिने गरी हटाउने निर्णय बदर हुने सर्वोच्चको फैसलामा उल्लेख छ। 
उनलाई बर्खास्त गरेको मितिदेखि नै सेवामा कायम भएको मितिसम्मको नियमानुसार पाउने तलबभत्ता समेत उपलब्ध गराउन र सेवामा पुनर्बहाली गर्न भन्दै सर्वोच्चले फैसला सुनाएको छ। तर, राजेशले आफ्नो पक्षमा भएको फैसला सुन्न पाएनन्।
सशस्त्र द्वन्द्वको उत्कर्षमा राष्ट्रका लागि होमिएका उनले आफ्नै संगठनसँग लड्दालड्दै सम्पत्ति त सिध्याए नै अन्तत: ज्यानसमेत गुमाउनुपर्‍यो। भलै न्यायिक लडाइँ त उनले जिते तर भौतिक शरीर नै नभएपछि न्यायको के अर्थ! 

Tuesday, April 16, 2019

फेसबुकबाट युवती फसाउन नक्कली एसपीको छोरादेखि परराष्ट्रको अधिकृतसम्म [फोटो/भिडियो]

फेसबुकबाट युवती फसाउन नक्कली एसपीको छोरादेखि परराष्ट्रको अधिकृतसम्म [फोटो/भिडियो]

 नारायण अधिकारी  |  २०७५ चैत २८ बिहीबार | Thursday, April 11, 2019  २१:४२:०० मा प्रकाशित
4.8kShares
 Share
 Tweet
 Share
 Email
काडमाडौं- अर्पणा पोखरेल (परिवर्तित नाम) जापान बस्छिन्। उनी विगत केही वर्षदेखि जापानमा पढ्दै 'पार्ट टाइम' काम गर्दै आएकी छिन्।
फ्रेबुअरी १५ मा उनलाई डिआर रमेश भट्ट नामको फेसबुक आइडीबाट रिक्वेस्ट आउँछ। बायो पढिन्।
‘सक्रेटरी एट एम्बेसी अफ चाइना इन लन्डन, सेक्रेटरी एट सेक्रेटरी– जनरल टु द पे्रसिडेन्ट, रिपल्बिक अफ चाइना एन्ड सेक्रेटरी एट चाइना गभर्मेन्ट स्कोलरसिप, लिभ्स इन बेइजिङ, चाइना।’
बायोबाट अर्पणाले अनुमान लगाउँछिन् मान्छे प्रतिष्ठित नै रहेछ। उनले एसेप्ट बटम दाबिन्।
एसेप्ट हुनासाथ डिआर रमेश भट्टले म्यासेज पठाउँछन् ‘हेलो।’
अर्पणाले फर्काउछिन् ‘हजुर।’
कता हो नानी घर? यस्तै-यस्तै प्रश्न डिआर रमेशले पठाउँछन्। ती युवतीले आफ्नो घर बताउँछिन्। डिआरको प्रश्नको उत्तर युवतीले दिँदै जान्छिन्।
उनले अहिले आफू जापानमा भएको बताउँछिन्।डिआर आफू हाल चाइना दूतावासमा कार्यरत रहेको बताउँछन्। डिआरले आफ्नो श्रीमती अमेरिका बस्ने बताउँछन्। छोरो पनि उतै पढ्दै गरेको ती युवतीलाई बेलिबिस्तार लगाउँछन्।



अर्पणाले नसोधेकै कुरा पनि डिआरले बताए। डिआर कसरी हुन्छ युवतीलाई आफू नजिक पार्न यसरी नसोधिएका कुरा पनि सुनाउँछन्।
कुरा गर्दै गएपछि डिआरले अपर्णालाई आफ्नो भतिजको विवाह गर्नुपर्ने भएको समेत सुनाउँछन्।
‘तिम्रो बानी राम्रो लाग्यो। जापानमा पढ्दै कमाउँदै पनि रहिछौं। मेरो भतिज पनि परराष्ट्रको अधिकृत हो। राम्रो छ। कुरा गर न। अंकलले कुरा गर्नु भएको थियो भनेर,’ डिआरले अर्पणालाई बताए। 
‘डिआरको भतिजको नाम किशोर शर्मा हो। फेसबुकमा शर्मा किशोर छ। रिक्वेस्ट पठाउन लगाउँछु एसेप्ट गरेर कुरा गर,’ डिआरले अपर्णालाई फेसबुक म्यासेजमा लेखे। 
केही छिनमा शर्मा किशोरबाट अर्पणालाई रिक्वेस्ट आउँछ। इन्ट्रोमा लेखिएको हुन्छ ‘सेक्सन अफिसर एट गभर्मेन्ट अफ नेपाल,’ लिभ्स इन वासिङ्टन, डिस्ट्रिक अफ कोलम्बिया।
अर्पणाले रिक्वेस्ट असेप्ट गर्छिन्। 
डिआरले पहिल्यै नै आफ्नो भतिज किशोरको बारेमा अपर्णालाई बेलिबिस्तार लगाइसकेका थिए। 'शाखा अधिकृत, आमाको भूकम्पमा ज्यान गएको, बाबु एसपी, बहिनी अमेरिकाको डोमेस्टिक एयरलाइन्समा पाइलट, घर अनामनगर।'
अपर्णालाई विश्वास दिलाउन पाइलट बहिनी र एसपी बाबु र भतिज किशोरको समेत फोटो म्यासेन्जरमा डिआरले पठाइसकेका हुन्छन्। 
त्यसपछि किशोर र अपर्णाबीच कुराकानी सुरु हुन्छ।
उनीहरूबीच विवाह गर्नेसम्मका कुरा हुन थाल्छन्। 
केही दिनपछि किशोरले अर्पणालाई आफूले कार किनेको र कारको किस्ता तिर्न तत्काल पैसा चाहिएको कुरा गर्छन्। 
उनले कारको किस्ता तिर्नका लागि अर्पणासँग पैसा सापट माग्छन्। सुरुमा अपर्णाले विश्वास गर्दिनन्। किशोरले विश्वास दिलाएरै छाड्छन्। अन्ततः अपर्णा जापानबाट किशोरलाई पैसा पठाउन राजी हुन्छिन्।
तर किशोरले आफ्नो नागरिकता हराएकोले ठूलोबुवाको छोरा केशवराज भट्टको नाममा पैसा पठाउन आग्रह गर्छन्।
अपर्णाले जापानबाट अप्रिल ८ मा एक लाख रुपैयाँ केशवराज भट्टको नाममा काठमाडौंमा पठाउँछिन्।
अर्पणाले पैसा पठाएको एकदिन पछि अर्थात् चैत २६ गते महानगरीय प्रहरी अपराध महाशाखाले युवतीलाई 'ब्ल्याकमेलिङ' गर्दै ठगी गर्ने एक युवकलाई पक्राउ गर्छ। पक्राउको समाचार फोटोसहित विभिन्न मिडियामा आउँछन्। 
नाम – केशवराज भट्ट
वर्ष –२६, 
वतन- स्थायी घर डोटी भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएको।
नाम ठेगाना त मिल्दैन। तर फोटो उही किशोर शर्माको। त्यसपछि अपर्णाले थाहा पाउँछिन् किशोर शर्मा बनेर आफूलाई ठगी गर्ने व्यक्ति केशवराज भट्ट नै रहेछ। उनी आफैंले डिआर रमेश भट्टको नाममा फेसबुक अकाउन्ट खोल्ने, आफैं अंकल बन्ने र अर्पर्णासँग कुरा गर्ने। 
फेरि अर्को आइडी शर्मा किशोर खोल्ने र भतिज बनेर फेरि अर्पर्णासँग आफैं कुरा गर्ने गरेको केवशलाई पक्राउ गरेपछि मात्रै युवतीले थाहा पाउँछिन्।  
उनले अर्पणालाई ठूलोबुबाको छोरो केशवराज भट्ट भनेर पैसा पठाउन लगाएका थिए। यिनै केशवले विभिन्न ठाउँमा फेक फेसबुक आइडी खोल्दै युवतीलाई प्रलोभनमा पारेर ठगी गर्दै आएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
यसरी धेरै युवतीलाई ठगी गर्ने २६ वर्षीय भट्टलाई अपराध महाशाखाको टोलीले गत मंगलबार गौशालाबाट पक्राउ गरेको हो। केशवबाट पीडित भएकाहरूले उनलाई पक्राउ गरेका थिए। 
यसरी ठगी गर्ने भन्दै पीडितले केशवलाई कुटपिट समेत गरेका थिए। उनले हात जोडर अबदेखि यस्तो नगर्ने भनेको भिडियो समेत नेपाल लाइभले फेला पारेको छ।
भिडियो
आफ्नो बाबु भन्दै केशवले प्रहरीको एक अधिकृतको समेत बेइज्जत गरेका रहेछन्। बर्दी लगाएका तर प्रस्ट पद छुटिन नसक्ने अवस्थामा रहेको एक प्रहरी अधिकारीको तस्बिर केशवले आफ्नो बाबु भन्दै अर्पणालाई पठाएका थिए।
उता बहिनी अमेरिकामा पाइलट भन्दै फेसबुकको लिंक र हेलिकोप्टरमा बसेको एक पाइलट युवतीको फोटो समेत पठाएर ती युवतीको समेत केशवले बदनाम गरेको पाइएको छ।
उनले फेसबुकमा उच्च पदमा रहेका अधिकृतहरुको फोटो राखी फेक अकाउन्ट बनाई युवतीहरूलाई साथी बनाएर आफू परराष्ट्र सेवाको शाखा अधिकृत रहेको भन्दै विवाहको प्रस्ताव राख्ने, प्रलोभन देखाई विवाह गर्छु भनी रकम लिँदै ठगी गर्दै आएका समेत खुलेको छ। 
पक्राउ परेका भट्टलाई आवश्यक कारबाही र अनुसन्धानका लागि बुधबार प्रहरी परिसर काठमाडौं पठाइएको छ। उनीबाट पीडित हुनेहरुको संख्या पनि बढ्दै गएको छ।
केशवको डोटीमै बिहे भइसकेको र ४ वर्षीया छोरीसमेत रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। 
ठगीको यो धन्दामा केशवले प्रहरी एसपीकै फोटोको दुरुपयोग गरेको पाइएको छ। साथै केशव सरकारी सेवामा संलग्न नै नरहेको पनि खुलेको छ।
यसका साथै अमेरिकामा रहेकी बहिनी भनिएको युवतीका नामबाट समेत केशवले अकाउन्ट खोलेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ। यति मात्र होइन, ती युवतीका नामबाट अर्पणालाई फेसबुकमा साथी बनाएर भाउजु भन्दै कुराकानी गर्ने गरेका थिए।

सशस्त्रले लगायो प्रचलित मूल्यभन्दा ९५ प्रतिशत कम मूल्यमा ठेक्का, कस्तो आउला सामान?

सशस्त्रले लगायो प्रचलित मूल्यभन्दा ९५ प्रतिशत कम मूल्यमा ठेक्का, कस्तो आउला सामान?

 नेपाल लाइभ |  २०७५ चैत २९ शुक्रबार | Friday, April 12, 2019  १५:५७:०० मा प्रकाशित
41Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– सशस्त्र प्रहरी बलले प्रचलित मूल्यभन्दा ९५ प्रतिशत कम मूल्यसम्ममा ठेक्का लगाएको पाइएको छ। 
यस आर्थिक वर्षमा स्टेशनरी, मसलन्द तथा कार्यालय सञ्चालन लगायतका सामान खरिद गर्न २२ करोड ३८ लाख ९१ हजार लागत अनुमान गरिएको थियो। जसका लागि १३ खरिद ठेक्कामा १५ करोड ८२ लाख ४ हजारमा सामान आपूर्ति गर्ने गरी सम्झौता भएको पाइएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा जनाइएको छ। 
लागत अनुमानको तुलनामा स्टेशनरी आपूर्तिमा ९५ प्रतिशत, मसलन्दमा ६७ प्रतिशत, आर्मोरमा ६८ प्रतिशत, कार्यालय सञ्चालनमा ६२ प्रतिशतसम्म घटीमा कबोल भएअनुसार ठेक्का स्वीकृत भएको छ। 
प्रस्तावित दर विश्लेषण गर्दा माग घटी हुने सामान न्यून मूल्यमा तथा अधिक माग हुने सामान उच्च मूल्यमा उपलब्ध गराउने गरी प्रस्ताव गरे पनि न्यून कबोल गरेको वस्तु आपूर्ति नगरेको साथै बोलपत्रमा उल्लेख भएभन्दा फरक किसिमका सामग्री प्रचलित बजार मूल्यमा उपलब्ध गराएको महालेखाले औंल्याएको छ।

सशस्त्र प्रहरीले पाएनन् समयमै पोसाक, ५ करोड ८६ लाख फ्रिज

सशस्त्र प्रहरीले पाएनन् समयमै पोसाक, ५ करोड ८६ लाख फ्रिज

 नेपाल लाइभ |  २०७५ चैत २९ शुक्रबार | Friday, April 12, 2019  १६:०२:०० मा प्रकाशित
11Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– पोशाक किन्न विनियोजन भएको बजेट नै फ्रिज भएपछि सशस्त्र प्रहरी बल (एपिएफ) का प्रहरीले पोशाक नै नपाएको कुरा सार्वजनिक भएको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को अनूसूची १५ मा सशस्त्र प्रहरी अधिकृत र जवानका लागि उपलब्ध गराउने पोशाकका सम्बन्धमा उल्लेख छ। 
कार्यालयले वार्षिक, द्विवार्षिक तथा केही वर्षको फरकमा उपलब्ध गराउनुपर्ने पोशाक तोकिएको अवधिभित्र उपलब्ध नगराएको महालेखाले प्रतिवेदनले उल्लेख गरेको छ। 
यो वर्ष पोशाक खरिदको लागि स्वीकृत भएको ५ करोड ८६ लाख १५ हजार खरिद कार्य नहुँदा फ्रिज भएको छ। कुल ३७ हजार १ सय १७ सशस्त्र प्रहरी कार्यरत रहेकोमा पोशाक मौज्दात दरबन्दीको तुलनामा न्यून रहेको महालेखाले जनाएको छ। 
नियमावलीमा उल्लेख भएअनुसार पोशाक वितरण गर्नुपर्ने महालेखाले जनाएको छ ।

६९ वर्षीय फ्रान्सेली नागरिकको हर्कत : ७ पटकसम्म नेपाल, बालयौन दुराचार मुख्य ध्येय

६९ वर्षीय फ्रान्सेली नागरिकको हर्कत : ७ पटकसम्म नेपाल, बालयौन दुराचार मुख्य ध्येय

 नारायण अघिकारी |  २०७६ बैशाख १ आइतबार | Sunday, April 14, 2019  १७:२३:०० मा प्रकाशित
4.1kShares
 Share
 Tweet
 Share
 Email
काठमाडौं- पछिल्लो समय विदेशी यौन दुराचारीको निशानामा नेपाली बालबालिका पर्दै गएका छन्। विभिन्न बाहानामा नेपाल भित्रिने र प्रलोभन देखाएर यौन दुराचार गर्ने क्रम बढ्दै गएको छ।
गत शुक्रबारमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक फ्रान्सेली नागरिकलाई यौन दुराचार गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ। यसअघि पनि दर्जनौं विदेशी नागरिक यौन दुराचारको आरोपमा पक्राउ परिसकेका छन्।
विदेशी नागरिकले बालबालिकालाई ललाई फकाई यौन दुराचार गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १३ डिडी ८०५१७ नम्बरका राहदानीबाहक ६९ वर्षीय फ्रान्सेली नागरिकलाई बालयौन दुराचार गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ। 
गत शुक्रबार बिहान ४ बजे काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित भगवतीस्थानमा रहेको एक होटलको पाँचौं तलाबाट सिआइबीले ६९ वर्षीय फ्रान्सेली नागरिक जार्जेस इगोर सिमास्कीलाई पक्राउ गरेको हो। जार्जेस र एक नेपाली बालक आपत्तिजनक अवस्थामा थिए। प्रहरीले बालकलाई उद्दार गरेर स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको थियो भने जार्जेसलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। 
उनीविरुद्ध बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको सिआइबीले जनाएको छ।
उनको अपराध पुष्टि भएमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार कारबाही हुन्छ। दफा २२५ मा ‘बाल यौन दुराचार गर्न/गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बालयौन दुराचार गरेको मानिने,’उल्लेख गरिएको छ।
बालबालिकासँग कुनै किसिमको यौनजन्य व्यवहार गरेमा समेत यौन दुराचार मानिने संहितामा उल्लेख छ। बाल यौन दुराचारका घटनामा दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडितको उमेरका हिसाबले १० वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। पीडित बालबालिकालाई पीडकबाट क्षतिपूर्ति समेत भराउनु पर्ने उल्लेख छ। 
फ्रान्समा समेत यौन शोषण, ७ पटकसम्म नेपाल आउँदै यौन दुराचार
पक्राउ परेका जार्जेसले फ्रान्समा समेत बाल यौन दुराचार गरेको अनुसन्धानबाट खुल्न आएको छ। फ्रान्समा बालबालिकालाई विभिन्न प्रलोभन देखाएर उनले आजभन्दा १९ वर्षअघि नै यौन दुराचार गरेका थिए। १९ वर्षअघि सन् २००० मा पनि फ्रान्स प्रहरीले उनलाई यौन दुराचार गरिरहेको बेला रंगेहात पक्राउ गरेको थियो।
फ्रान्समा बाल यौन दुराचारमा सजाय काटिसकेपछि भने उनले नेपाललाई गन्तव्य बनाएर बाल यौन दुराचार गर्ने गरेको पाइएको छ। उनी नेपालमा ७ पटकसम्म आएको अनुसन्धानबाट खुलेको छ। पहिलो पटक सन् २०१४ मे १० मा नेपाल प्रवेश गरेका जार्जेस त्यसपछि पटकपटक नेपाल आउँदै बालयौन दुराचार गर्ने गरेको सिआइबीले जनाएको छ।
उनी पछिल्लो पटक भने सन् २०१९ फ्रेबुअरी २८ मा 'भिजिट भिसा'मा नेपाल आएका थिए। त्यसपछि उनले ‘म अनाथ बालबालिकालाई पढाउन सहयोग सहयोग गर्छु, भूकम्पका समयमा आउन पाइनँ, अहिले सहयोग गर्न आएको’ भन्दै प्रलोभन देखाएर बालयौन दुराचार गर्दै आएका थिए। 
अझ कतिपय बालबालिकालाई त फ्रान्स नै लैजाने भन्दै आश्वासन समेत देखाएका थिए। बालबालिकालाई विभिन्न सामान किनिदिने, घुमाउन लैजाने, खानेकुरा दिने, किताब कापी किनिदिनेलगायतका काम गर्दै आएका थिए। उनले बालबालिकाका परिवारलाई विश्वास र प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको सिआइबीले जनाएको छ।
उनले बालबालिकालाई उत्तजेनामा ल्याउने, पोर्न भिडियो देखाउने, नग्न फोटो भएका किताब तथा तस्बिर देखाउनेसमेत गरेको पाइएको छ। प्रहरीले उनका साथबाट कामसूत्र लेखिएको नग्न तस्बिर भएको एउटा पुस्तक समेत बरामद गरेको थियो। पोर्न भिडियो देखाउन प्रयोग गरिएको ट्याब, वाइनका बोतल पनि बरामद भएका थिए।

आइजिपी खनालको एक वर्ष : देखियो विवादकाे यस्तो चक्र

आइजिपी खनालको एक वर्ष : देखियो विवादकाे यस्तो चक्र

 नारायण अधिकारी |  २०७५ चैत २९ शुक्रबार | Friday, April 12, 2019  २०:२५:०० मा प्रकाशित
1Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षक (आइजिपी) को फुली लगाएको आज एक वर्ष पुगेको छ।
गत वर्षको चैत २७ गते साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई आइजिपी बनाउने निर्णय गरेको थियो। त्यसै दिनबाट उनी आइजिपी हुने पक्का भएका थिए। त्यसको दुई दिनपछि चैत २९ गतेबाट उनले जिम्मेवारी सम्हाले।
आइजिपी हुनुअघिसम्म खनाललाई धेरैले 'सिंघम प्रहरी अधिकृत' भनेर चिन्थे। गुण्डाहरुमाथिको इन्काउन्टरदेखि म्याच फिक्सिङको जालो तोड्दा उनले धेरै वाहवाही पाएका थिए।
तीनै आशालाग्दा व्यक्ति आइजिपी भएपछि प्रहरी संगठनको सुधारदेखि अपराध अनुसन्धान र नियन्त्रण तथा दोषीलाई कानुनी कठघरामा उभ्याउनेसम्मका काममा प्रहरी संगठन उदाहरणीय बन्नेछन् भन्ने धेरैमा विश्वास थियो।
आइजिपी भएको केही समयपछि उनले प्रहरी महानिरीक्षकका १० प्राथमिकता भनेर सूची नै निकाले। प्रहरी संगठनको औचित्यपूर्ण व्यवस्थापन, विधिको शासनको सुनिश्चितता, मानव अधिकारको प्रवर्द्धन लगायत कुराहरु समेटिएका छन्। उक्त सूचीले पनि नागरिकमा केही आशा जागेको थियो।
तर, आफैंले निकालेको प्राथमिताको सूचीविपरीत प्रहरी महानिरीक्षकको एकवर्षे कार्यकाल सकिएको छ। 'आशालाग्दो केटो जेठाजु परेपछि' भनेजस्तै आम नागरिकले आशा गरेअनुसार प्रहरी संगठनले यो एक वर्षमा काम गर्न सकेको देखिँदैन।
डिआइजी हुँदासम्म 'दबंग' र 'सिंघम'को उपमा पाएका खनाल आइजिपी भएपछि भने गुमनाम छन्। चर्चा नै भइहाले पनि राम्रो भन्दा पनि उनको नराम्रो कुराकै चर्चा हुने गरेको छ। यसरी विवादै विवादमा आइजिपी खनालको एक वर्ष बितेको छ।
विवादित बनाउने केही घटनाहरु
सुन काण्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुनले पनि सिंगो प्रहरी संगठनलाई बदनाम बनायो। प्रहरीका पूर्व डिआइजीदेखि बहालवाला एसएसपी, एसपी, डिएसपी, सई, प्रहरी जवानसम्म सुन तस्करीमा संलग्न भएको आरोपमा थुनामा परे।
बिनाआधार र प्रमाण तथा कानुनविपरीत गठन गरिएको निजामती कर्मचारी नेतृत्वको अनुसन्धान समितिले 'गुड फेथ'मा रहेर काम गरेकै भरमा अपराध महाशाखाका प्रमुखसहित ३ जनालाई पुर्पक्षका लागि कारागार पठाइयो। प्रहरीलाई यतिसम्म कमजोर बनाउँदा यसबारे आइजिपी खनालले एक शब्द बोल्न आवश्यक ठानेनन्। यसको असर अहिले पनि नेपाल प्रहरीले अनुसन्धानमा भोग्नुपरेको छ। अन्ततः प्रमाण नपुगेको भन्दै धमाधम प्रहरी अधिकारी छुटे।
सुन तस्करसँगको भेटघाट
सुन तस्करी प्रकरणमै मुछिएका ठाकुरप्रसाद ढुंगानासँग एकै कार्यक्रममा सहभागी भएपछि पनि आइजिपी खनालको निकैै आलोचना भएको थियो। गत मंसिरमा इन्टरपोलको महासभामा सहभागी हुन दुबई जाँदा महानिरीक्षक खनाल र सुन तस्करीका आरोपित ठाकुरप्रसाद ढुंगानाबीच भेट भएको थियो। एनआरएनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा ढुंगाना र खनाल एउटै कार्यक्रममा देखिएका थिए।
काठमाडौंमा कान्तिपुर होलिडे र एवल टुर्स एन्ड ट्राभल्सका सञ्चालक ढुंगाना सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको भेटिएपछि गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बयानका लागि बोलाएको थियो।
समितिमा हाजिर भई गत असारमा जिल्ला अदालत मोरङमा १० लाख धरौटीमा रिहा भएपछि ‘फरार’ ढुंगाना दुबईमा आइजिपी खनालसँगै देखिएका थिए। गत माघमा ढुंगानालाई उच्च अदालत विराटनगरले जिल्लाको आदेशलाई नै सदर गरेको थियो।
ढुंगानासहित सुन तस्करीमा संलग्नहरूलाई छोड्ने उच्च अदालत विराटनगरको आदेश विवादमा समेत परेको थियाे। मुख्य न्यायाधीश कुलरत्न भूर्तेलसहित न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद्‌ले कार्य सम्पादनका क्रममा न्यायिक विचलन देखिएकाे भन्दै कारबाहीस्वरुप परिषद्‌मा तानेको थियाे।
न्यायाधीश तानिनुअघि नै सुन तस्करीमा संलग्न ढुंगानालाई खनालले दुबईमा भेटेका थिए।
सुन तस्करीमा गठित अनुसन्धान टोलीले ढुंगाना सञ्चालक रहेको लाजिम्पाटस्थित एवल टुर्स एन्ड ट्राभल्स र कान्तिपुर होलिडेमा छापा हानेर शिलबन्दी गरी मोरङ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो।
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को महासभामा सहभागी हुन गएको प्रहरी टोली भिसाको किसिमविपरीत एनआरएनको कार्यक्रममा सहभागी भएको थियो। किनभने, अन्तर्राष्ट्रिय कानुनी प्रचलनअनुसार कुनै पनि देशमा भिजिट भिसामा गए घुमेर आउने तथा कार्यक्रमका लागि जाने भए व्यावसायिक भिसा चाहिन्छ। औपचारिक कार्यक्रममा भाग लिन गएको व्यक्ति अन्य सार्वजनिक कार्यक्रममा अतिथि बन्न वा भाषण गर्न पाइँदैन।
एनआरएनएको कार्यक्रममा महानिरीक्षक खनाललाई विशेष अतिथि बनाइएको थियो। यसको पूर्वतयारी खनाल दुबई पुग्नुअघिबाटै भएको प्रधान कार्यालय स्रोतले बतायो। त्यसक्रममा इन्टरपोलले रेड नोटिसमा राखेका बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीले समेत महानिरीक्षक खनालसँग भेटघाट गरेका थिए।
तर, आइजिपी खनालले आफूले कार्यक्रममा सहभागी हुने सबैलाई नचिन्ने भन्दै यसबारे आलोचना गर्नु उपयुक्त नभएकाे बताउँदै आएका छन्। उनले भन्ने गरेका छन्, ‘म कार्यक्रममा जाँदा कति जनासँग भेट भयो, कोको थिए भनेर मैले सबैलाई चिनीसाध्य भएन। तर, म दुबई जाँदा तस्करहरुको भागाभाग भएको सुनेँ।’
निर्मला काण्ड
कञ्चनपुरकी बालिका निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेको, निर्दोष व्यक्तिलाई फसाउन खोजेको र प्रहरी भूमिका सन्तोषजनक नरहेको आरोप प्रहरी संगठनले खेपिरहेको छ। अझ प्रदीप रावल र विशाल चौधरी पक्राउ परेपछि बयान लिन स्वयं आइजिपी नै जानु र माथिल्लो निकायमा त्यही अनुसारको 'बिफ्रिङ' गरेपछि झनै आलोचना भएको थियो।
आइजिपीकै 'ब्रिफिङ'पछि रक्षामन्त्रीले समेत निर्मलाका हत्यारा पक्राउ परिसकेको र अब छिट्टै सार्वजनिक गर्ने भनेर सार्वजनिक रुपमै भनेका थिए। यसले गर्दा प्रहरी संगठन झनै आलोचित बन्न पुगेकाे थियाे। यसबारेमा आइजिपी खनाललाई नै उद्धृत गर्दै आएका समाचारले प्रहरी संगठनलाई थप आलोचित बनायो।
निर्मला काण्डका बारेमा स्थलगत अध्ययन र जानकारी नलिई कतिपय मिडियामा आएका खबरले पनि प्रहरी संगठन विवादमा परेकाे थियाे।
सरुवा-बढुवामा व्यापक अनियमितता
सरुवा, बढुवा र पोस्टिङ पारदर्शीता अपनाउन नसकेको आरोप आइजिपी खनालमाथि लाग्दै आएको छ।
गत माघमा भएको एसएसपी बढुवा पारदर्शी नभएको भन्दै खनालप्रति खुल्ला रुपमै प्रहरी अधिकृतले आक्रोश व्यक्त गरेका थिए। एसएसपी बढुवामा चरम लापरबाही र शक्ति केन्द्र धाउनेहरूलाई च्यापेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा नै दिएका थिए।
यो बढुवामा कनिष्ठ व्यक्तिलाई च्याप्दा वरिष्ठ अधिकृतले बढुवामा चित्त दुखाएका थिए। उप्रेतीसँगै बढुवामा असन्तुष्टि व्यक्त गर्दै रौतहट जिल्ला प्रमुख केदार ढकालले जिल्ला छोडे, कञ्चनपुरका एसपी कुबेर कडायतले पनि जिल्लामा बस्न मानेनन्।
ढकाल अहिले महानगरीय प्रहरी अपराध महाशाखामा ल्याइएका छन् भने कडायत सामाखुसीस्थित प्रहरी पहरागण पुगेका छन्।
सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीम ढकाल पनि एसएसपी बढुवामा परेका थिए।
यो बढुवामा पनि बरियता मिचेको आरोप लागेको छ। महानिरीक्षक खनालले अडान लिन नसक्दा सक्षम र याेग्यता पुगेका प्रहरी अधिकारीहरूले बढुवा वरियतामा असन्तुष्टि जनाएका छन्। महानिरीक्षक खनाल निकट मानिने तेस्रो नम्बरका भण्डारीले पहिलो वरियतामा बाजी मारेका थिए। तुलनात्मक रुपमा कार्य सम्पादनमा अब्बल ठानिएका ज्ञवाली भने ४ नम्बरमा धकेलिएका छन्।
ज्ञवाली अहिले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत छन्। शक्तिकेन्द्र धाएर एक नम्बरमा बढुवा भएका भनिएका भण्डारीले भने विमानस्थल सुरक्षाको 'पोस्टिङ' पाएका छन्। विमानस्थल आकर्षक, चुनौतीपूर्ण र विवादास्पद पोस्टिङ मानिन्छ। आइजिपी खनाल निकट मानिने एसएसपी भण्डारी अहिले अवध डलरसहित पक्राउ परेका व्यक्तिलाई छाडेको भन्दै विवादमा परेका छन्। एसएसपी भण्डारीले अवैध डलरसहित पक्राउ परेका व्यवसायी सुवास श्रेष्ठलाई छाडेको कुरा बाहिर चुहिएपछि पुन: पक्राउ गरेका थिए।
माघमै २६ जना प्रहरी नायब उपरीक्षक डिएसपीलाई प्रहरी उपरीक्षक पदमा बढुवा गरिएको थियो।
बढुवा हुनेमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीर बुढा थिए।
यो बढुवामा शक्ति केन्द्र नधाउने केही अधिकृतलाई ‘नियतबस’ छुटाएको आरोप खनालमाथि लागेको छ। अब्बल मानिएका डिएसपीहरू शिवकुमार श्रेष्ठ, सञ्जयसिंह थापा र होबिन्द्र बोगटी यो बढुवा सूचीमा छुटाइएका थिए।
इटहरीमा रहेका श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा सरुवा भएको छ। थापा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत छन् भने बोगटी महानगरीय प्रहरी परिसर काठमाडौंमा छन्।
‘अहिले शक्ति केन्द्र नधाउनेहरू सरुवा–बढुवामा पछि परिरहेका छन्,’ बढुवामा छुटाइएका एक अधिकृतले भने, ‘हामी धाउने खालका परेनौं, हेर्दै जाऊँ केके हुन्छ।’ एक जना वरिष्ठ डिआइजीले खनालले सरूवा–बढुवाको चाबी बालुवाटार र गृहलाई बुझाउँदा अब्बल प्रहरी अधिकारी अन्यायमा परेको गुनासो गरे।
हालै विभिन्न जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूमा काजमा खटाइएका डिएसपीहरूको सरुवामा पनि महानिरीक्षक खनाल र गृहसचिव प्रेमकुमार राई हावी भएको प्रधान कार्यालयका अधिकारीहरू बताउँछन्।
काम सत्य सेवा सुरक्षणम्, धन्दा मिटर ब्याज
प्रहरी संगठनलाई बद्नाम बनाउने अर्को काम हो 'मिटरब्याज धन्दा'। ‘सत्य सेवा सुरक्षणम्’ नेपाल प्रहरीको 'स्लोगन' हो। यही 'स्लोगन'भित्र केही ठूला प्रहरी अधिकारीहरूले कानुन विपरीतका कार्य गरिरहेका छन्। केही प्रहरी अधिकारीहरूको आम्दानीको एउटा प्रमुख स्रोत बनेको छ– 'मिटर ब्याज लगानी'।
प्रहरीका केही उच्च अधिकारीहरू ‘मिटर ब्याज’ प्रकरणले आलोचित छन्। 'मिटर ब्याज'मा लगानी गरेको आरोप लागेका व्यक्तिमध्ये पूर्वडिआइजी नवराज सिलवाल पनि पर्छन्। प्युठानका ऋषि सुवेदीमार्फत सिलवालले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको बारम्बार सार्वजनिक भइरहेकै छ।
प्रहरी महानिरीक्षक नियुक्तिमा प्रकाश अर्यालसँग मुद्दा हारेसँगै पदबाट राजीनामा दिई हाल उनी नेकपाका सांसद बनेका छन्। सुवेदी उनका नामी ‘मिटर ब्याजी’ मानिन्छन्। सिलवाल संसदीय भूमिकामा आएपछि सुवेदीले अन्य बहालवाला प्रहरी अधिकारीहरूसँग मिलेर 'मिटर ब्याज'मा पैसा लगानी गरिरहेको स्रोतले बताएको छ।
सुवेदीका अहिलेका 'मिटर ब्याजी पार्टनर'का रुपमा छन् एक जना प्रदेश प्रहरी प्रमुख डिआइजी र प्रहरी हेडक्वाटरकै एसएसपी।
प्रहरीका अधिकारीमार्फत 'मिटर ब्याज' व्यवसाय चलाइरहेका ऋषिविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखामा केही समयअघि उजुरी नै परेको थियो। पूर्वका एक व्यवसायी कुमार पुरीमार्फत १५ लाख लिएर ६० लाख रुपैयाँ असुल गरेको र त्योभन्दा अझै बढी १५ लाख रुपैयाँ मागेपछि ऋषिविरुद्ध पुरीले महाशाखामा मौखिक उजुरी नै गरेका थिए।
पुरीको मौखिक उजुरी आएपछि अपराध महाशाखाले ऋषिमाथि छानबिन थालेको थियो। तर, ऋषिले पुरीलाई बीचमै मिलाएर मुद्दा प्रहरीसम्म पुग्न नदिएको महाशाखा स्रोत बताउँँछ।
‘ऋषि सुवेदीविरुद्ध प्रमाणसहित पुरी नआएपछि हामीले केही कारबाही अगाडि बढाउन पाएनौं,’ महाशाखाका एक अधिकृतले भने।
ऋषि म्यानपावर व्यवसायी पनि हुन्। सिनामंगलभित्रको प्रहरी पोस्टको छेउमा रहेको अल सेक्युर म्यानपावर कम्पनीमा पनि उनी ‘पार्टनर’ छन्। सो कम्पनीका अध्यक्ष भने दिलकृष्ण श्रेष्ठ हुन्।
प्रहरीका एक पूर्व उच्च अधिकारी घुस खाएको पैसा सुरक्षित गर्न 'मिटर ब्याज'मा पैसा लगानी गर्ने गरिएको बताउँछन्। 
त्यसैगरी, डिएसपी श्याम राई घुसहित रंगेहात पक्राउ परेको, कोटेश्वर, काँडाघारीका एक दर्जन प्रहरी लाइन लागेर घुस लिन पुगेको, इन्काउन्टरका नाममा भएका गलत अभ्यास, घुमुवाको दुरुपयोग गर्दै तराईका जिल्लामा सचिवालयबाट घुमुवा खटाएको लगायतका कुराले पनि आइजिपीलाई निर्विवाद राख्न सकेन।
त्यस्तै, प्रदेशसभा उम्मेदवार दीपेन्द्रकुमार चौधरीको हत्या, मुस्लिम अगुवा खुर्सिद आलमको हत्या, अझै रहस्यमै रहेको पूर्वराजदूत केशवराज झाको हत्याले पनि प्रहरी संगठनलाई आलोचित बनायो।
अझ सत्तारुढ पार्टीकै भ्रातृ संगठनले कुशल नेतृत्व प्रदान गर्न नसकेको भन्दै आइजिपी खनालको राजीनामा नै माग गर्दै सरकारलाई ज्ञापनपत्र समेत बुझाएको थियो।