Tuesday, April 16, 2019

सशस्त्र प्रहरीले पाएनन् समयमै पोसाक, ५ करोड ८६ लाख फ्रिज

सशस्त्र प्रहरीले पाएनन् समयमै पोसाक, ५ करोड ८६ लाख फ्रिज

 नेपाल लाइभ |  २०७५ चैत २९ शुक्रबार | Friday, April 12, 2019  १६:०२:०० मा प्रकाशित
11Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– पोशाक किन्न विनियोजन भएको बजेट नै फ्रिज भएपछि सशस्त्र प्रहरी बल (एपिएफ) का प्रहरीले पोशाक नै नपाएको कुरा सार्वजनिक भएको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को अनूसूची १५ मा सशस्त्र प्रहरी अधिकृत र जवानका लागि उपलब्ध गराउने पोशाकका सम्बन्धमा उल्लेख छ। 
कार्यालयले वार्षिक, द्विवार्षिक तथा केही वर्षको फरकमा उपलब्ध गराउनुपर्ने पोशाक तोकिएको अवधिभित्र उपलब्ध नगराएको महालेखाले प्रतिवेदनले उल्लेख गरेको छ। 
यो वर्ष पोशाक खरिदको लागि स्वीकृत भएको ५ करोड ८६ लाख १५ हजार खरिद कार्य नहुँदा फ्रिज भएको छ। कुल ३७ हजार १ सय १७ सशस्त्र प्रहरी कार्यरत रहेकोमा पोशाक मौज्दात दरबन्दीको तुलनामा न्यून रहेको महालेखाले जनाएको छ। 
नियमावलीमा उल्लेख भएअनुसार पोशाक वितरण गर्नुपर्ने महालेखाले जनाएको छ ।

No comments:

Post a Comment