Saturday, April 6, 2019

निर्मला हत्या प्रकरण : दिलीपसिंह विष्टलाई छुटाउन एसपीलाई पत्रकार भण्डारीको यस्तो मेसेज

निर्मला हत्या प्रकरण : दिलीपसिंह विष्टलाई छुटाउन एसपीलाई पत्रकार भण्डारीको यस्तो मेसेज

 नारायण अधिकारी |  २०७५ चैत २ शनिबार | Saturday, 16 2019  १७:१५:०० मा प्रकाशित
 Share
 Tweet
 Share
 Email
 Share
काठमाडौं- निर्मला पन्त हत्या प्रकरणमा दीलिपसिंह विस्टलाई जोगाउन पत्रकार खेम भण्डारीले प्रहरी अधिकारीलाई दबाब दिएको खुलेको छ। 
कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका पन्तको शव गत साउन ११ गते फेला परेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले दिलीपसिंह विष्टलाई समेत पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले विस्टले हत्या स्विकारेको दाबी गरे पनि निर्मलाको भेजाइनल स्वाबमा रहेको वीर्यसँग विष्टको डिएनए मिलेन। त्यसपछि उनी छुटे।
यसबीचमा पत्रकार खेम भण्डारीले विस्टलाई जोगाउन प्रहरी अधिकारीलाई पटकपटक दबाबमा पारेको खुलेको छ। उनले यसबारे समाचारसमेत लेखिसकेका छन्।
भण्डारीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विस्टलाई एसएमएस समेत पठाई दिलीपसिंह आफ्नो साला भएकाले छुटाउन भनेका छन्।
नेपाल लाइभलाई प्राप्त एउटा एसएमएसमा भण्डारीले 'फर योर काइन्ड इन्फर्मेसन दिलीप इज माइ साला' भनेर उल्लेख गरेका छन्। 
पत्रकार भण्डारीले आफूलाई तपाईंले नगरे म वकिल कार्यालयबाट भए पनि दिलीपसिंहलाई छुटाउँछु भनेर दबाब दिएको तत्कालीन एसपी विस्टले बताए। 'यो म्यासेज लगायत अन्य म्यासेज अनुसन्धान गरेका पुलिससँग पनि सुरक्षित छ,' उनले भने।
निर्मलाकी आमा दुर्गादेवीले पछिल्लो समय अभियुक्त दिलीपसिंह नै हुन सक्ने भन्दै कुरा फेर्न थालेकी छन्। यसले घटना थप रहस्यमय बन्दै गएको छ।
केही दिनअघि मात्रै बम दिदी बहिनीले पत्रकार भण्डारीसहित तीन जनाविरुद्ध गाली बेइजज्जती तथा अपमानको मुद्दा दर्ता गराइसकेका छन्। जिल्ला अदालत कञ्चनपुरमा भण्डारीसहित नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र कैलालीका भक्ति फुलाराविरुद्ध मुद्दा दर्ता गरेका हुन्।
निर्मलाका साथी रोशनी र अनिता बमलाई नेपाल मानव अधिकारी संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा दोषी ठहर गरिएको थियो। उक्त प्रतिवेदनमा अनिता डान्सबारमा काम गर्ने केटी भएको छ।
दिलीपसिंहलाई अपराधी करार गर्दै प्रहरीले त्यसबेला 'पोष्टमार्टम डाक्टरको अनुसार घाँटी थिच्दा बाँया हातको प्रयोग भएको भनिएको र दिलीपले समेत घाँटी थिचेर कसरी मान्छे मर्छ भनी प्रश्न गर्दा बाँया हातकै एक्सन गरेर देखाउँछन् र त्यो भिडियो सुरक्षित छ' भनेर प्रतिवेदन तयार गरेको थियो। 
'उखुबारीको डिलमा बलत्कार गरी घाँटी थिची मारेको र लास देख्लान् भनेर उखुको बीचमा लगेर फालेको भनेको। घाँटी थिची मारेको कुरा पोष्टमार्टम रिपोर्टले समेत पुष्टि गरेको। जुन कुरा घटनास्थलको विश्लेषणसँग मेल खाएको,' घटनास्थलको विश्लेषणमा प्रहरीले भनेको थियो। तर, पछि दिलीपसिंह विष्ट निर्दोष ठहर भएपछि रिहा भए।
लामो अनुसन्धान भए पनि निर्मलाको वास्तविक दोषी अहिलेसम्म पत्ता लाग्न सकेका छैनन्। 

No comments:

Post a Comment