| २०७६ असार २० शुक्रबार | Friday, July 05, 2019 ०७:५२:०० मा प्रकाशित

काठमाडौं– एक पाकिस्तानी दम्पति अहिले नेपाल प्रहरीका लागि टाउको दुखाइ बन्दै गएको छ। काठमाडौं आएर श्रृंखलाबद्ध चोरीको आतंक फैलाएपछि प्रहरीका लागि यो दम्पति टाउको दुखाइको विषय बनेको हो।
चोरी गर्नकै लागि पाकिस्तानदेखि काठमाडौंसम्म आएको यो दम्पतिले पटकपटक पक्राउ परेर छुटे पनि चोरी गर्न भने छोडेको छैन। डेढ महिनाअघि पक्राउ परेर छुटेको पाकिस्तानी दम्पति पुन चोरी आरोपमै पक्राउ परेको छ। पटकपटक चोरी आरोपमा पक्राउ पर्ने पाकिस्तानी दम्पति हुन् ३२ वर्षीय मोहसिन खान र उनकी पत्नी ३१ वर्षीया पूजा मोहसिन खान।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुर दरबार क्षेत्रस्थित स्वीट होम भक्तपुरबाट पक्राउ गरेको छ। उनीहरुको चोर्ने शैली भने एकै प्रकारको देखिन्छ।
गत बुधबार साँझ साढे ५ बजे ललितपुर गावल घर भई काठमाडौं महानगरपालिका–२३ झोंछेस्थित राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्सचेन्जमा चोरी गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए।
यो दम्पति नै उक्त मनि एक्सचेन्जमा गएर ५ सय साउदी रियाल युएस डलरमा साट्ने बहाना बनाउदै चोरी गरेको थियो। उनीहरुले त्यस मिन एक्सचेन्जबाट युएस डलर ९ सय, साउदी रियाल ३ हजार, चिनियाँ युआन १ हजार ४ सय चोरी गरेका थिए।
यसअघि पनि यही दम्पतिले भक्तपुर क्षेत्रमा चोरी गरेको थियो। उनीहरुले वैशाख २९ गते साँझ साढे ६ बजे बा १९ च ७४ नम्बरको कार चढेर भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको पसलबाट ३० हजार रुपैयाँ चोरेका थिए।
श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एन्ड इलोक्ट्रोनिक्स सेन्टरमा गएर आफूसँग युएस डलर मात्रै छ, नेपाली सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेरौँ भन्ने बाहना बनाएर ३० हजार रुपैयाँ चोरेका थिए।
त्यसपछि उनीहरुले भक्तपुर लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको किचेन स्टोरबाट ६ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए।
बुटवलका सारदा बस्नेतले सञलन गरेको राइजिङ स्पोर्ट ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ।
चोरी गरेर उनीहरु कार लिएर सिनामंगलमा रहेको रुद्र भ्यू होटलको १०४ नम्बर कोठामा बसेका थिए। त्यसबेला गत वैशाख २९ गते प्रहरीले उनीहरुलाई सोही होटलबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट दुई थान पासपोर्ट, १ सय दरका २१ थान युएस डलर, ५० दरका १७ थान युएस डलर, पाकिस्तानी मुद्रा १ सय दरको ३ थान, ५ सय दरेको १ थान, १० दरको ३ थान, नेपाली १ लाख ३७ हजार ५ सय बरामद गरेको छ।
त्यसबेला चोरीको आरोपमा पक्राउ परेको यो दम्पति दुई दिनपछि वैशाख ३१ गते नै ५०–५० हजार धरौटीमा रिहा भएका थियो। त्यसपछि पनि श्रीमान् श्रीमती नै पुन चोरीमै सक्रिय भएर लागेका थिए।
यसरी पटकपटक पक्राउ पर्दै छुट्दै पुन चोरीमा संलग्न हुन थालेपछि प्रहरी नै हैरानीमा पर्न थालेको छ । ‘हामी पक्राउ गर्छौं, अदालतले सामान्य धरौटीमा छाडिहाल्छ। फेरि चोरीको आतंक फैलिन्छ,’ अपराध महाशाखाका एक अधिकारीले भने, ‘यJ पाकिस्तानी दम्पतिले हैरान नै पार्ने भए।’
चोरी सम्बन्धी फिलतो कानुनी व्यवस्था भएका कारण उनीहरुले नेपाललाई टार्गेट बनाएर चोरी गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
No comments:
Post a Comment