| २०७६ माघ १६ बिहीबार | Thursday, January 30, 2020 १८:३९:०० मा प्रकाशित

काठमाडौं- नेपालको उत्तरी सीमा नाकाबाट २७ किलोमिटर मात्रै टाढा छ, बंगलादेशको बोएली गाईबन्धा। गाईबन्धाकै एक गरिब परिवारका सदस्य थिए, दुला मिया।
गरिबीका ४४ हिउँदबर्खा काटेका मिया पेसाले किसान हुन्। त्यतिन्जेल उनले धेरैथोक झेले। बाँच्नकै लागि धेरै संघर्ष गरे। बिहान बेलुका नै खान र परिवार पाल्न धौधौ भएपछि मियाले ३ वर्षअघि रोजगारीकै सिलसिलामा विदेश जाने निधो गरे।
वैदेशिक रोजगारीकै सिलसिलामा उनको सम्पर्क मोहिउद्दिन अहमद परवेजसँग भयो। परवेज सनवे टुर्स एन्ड ट्राभल्सका सञ्चालकसमेत हुन्। बंगलादेशको राजधानी ढाका निवासी ४५ वर्षीय परवेजले उनलाई विदेश पठाउने आश्वासन देखाए।
रोजगारीका खोजीमा रहेका मियालाई परवेजले राम्रो काम र दाम हुने भन्दै लेबनान पठाउने भए। ‘लेबनान पठाउने भएपछि मैले परवेजलाई ३ लाख टाँका ३ वर्षअघि दिएको थिएँ,’ मियालाई उद्धृत गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले भने।
पासपोर्ट नम्बर ०६६०९९७ बाहक मिया त्यसपछि विदेश जाने भन्दै पटकपटक परवेजलाई भेट्न ढाका धाउन थाले। तर परवेजले उनलाई विदेश पठाउन सकेनन्।
लेबनानको आश्वासन नै मियाका तीन वर्ष बिते।
'नेपाल टु लेबनान' यात्रा बिग्रिएपछि हत्या
बंगलादेशबाट लेबनानका लागि सहजै भिसा नलाग्ने भन्दै परवेजले मियालाई नेपालको बाटो हुँदै लेबनान पठाउने आश्वासन दिएका थिए। मिया घरबाट लेबनानका लागि बिदा भएर निस्किए। जानु थियो लेबनान। रुट थियो, नेपाल हुँदै।

पासपोर्ट नम्बर बिबी ०४२९२३६ बाहक परवेजले मियालाई आफूसँगै लिएर ढाकाबाट आइको हिमालयन एयरलाइन्स चढे। माघ ६ गते राति ८ बजेर १५ मिनेटको समयमा उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए।
सिसीटिभी फुटेजमा देखिएको दृश्यअनुसार उनीहरू राति ९ बजेर ५० मिनेटमा विमानस्थलबाट गाडी लिएर बाहिरिए। काठमाडौं सोल्टीमोडस्थित होटल ग्रान्ड भिल्लाको १ सय १४ नम्बर कोठा बुक गरेर उनीहरु बसे।
काठमाडौं आउनुको मियाको एक मात्रै उद्देश्य लेबनान जानका लागि मात्र थियो। तर परवेजका लागि भने काठमाडौं पानीपँधेरो जस्तो भइसकेको थियो। उनी यसभन्दा अघि पनि पटकपटक गरेर ६ चोटी काठमाडौं आइसकेका थिए। त्यो पनि क्यासिनोमा जुवा खेल्नकै लागि।
जसकारण ग्रान्ड भिल्ला होटलका मान्छेसँगको परवेजको राम्रो चिनजान थियो।
त्यो राति उनीहरु सुते। माघ ७ गते उनीहरू दिउँसो साढे १ बजे होटलबाट बाहिरिए। त्यसको आधा घण्टामै पुन होटलमा आएर खाना खाएको होटलका सञ्चालकले बताएका छन्।
‘परवेजले भोलिपल्ट लेबनान पठाउने भनिए पनि भिसा आएको थिएन। पैसा पनि फिर्ता नभएपछि उनीहरूबीच विवाद भयो। परवेज सुते। त्यही मौकामा बोतलले हानेर परवेजको हत्या मियाले गरेको देखियो,’ महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवरले सुनाए।
‘पैसा पनि फिर्ता दिँदैन। विदेश पनि पठाउँदैन। मेरो जिन्दगी यसले बर्बाद पार्यो। यसलाई पनि छाड्दिनँ भन्ने भयो। आवेशमा आएर बोतलले हान्दा परवेज मरेछ,’ मियाले प्रहरीसँग भनेका छन्।
मियाले बंगलादेशबाटै ल्याएको सिल नतोडेको 'हाइग ह्वीस्की'को बोतलले टाउकामा तीन पटक प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले बताएको छ।

टाउकामा बोतल प्रहार गरेपछि फुटेको बोतल परवेजको घाँटीमा समेत रोपिएको थियो।
साथीको हत्यापछि कोलकत्ता यात्रा
हत्या भएको १ दिनपछि माघ ८ गते मात्रै यसबारे प्रहरीलाई जानकारी आएको थियो। ‘परवेज यसअघि पनि काठमाडौंमै आइरहने, रातभर क्यासिनो जाने र दिनभर सुत्ने भएकाले हामीले वास्ता गरेनौं,’ होटल सञ्चालकले प्रहरीसमक्ष भनेका छन्, ‘भोलिपल्ट पनि नदेखेपछि कोठामा गएर हेर्दा रगत लत्पतिएको अवस्थामा मृत भेटिए।’

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले माघ ७ गते दिउँसो ५ बजेदेखि साढे ५ बजेको बीचमा मियाले परवेजको हत्या गरिएको प्रारम्भिक अनुमान गर्यो। हत्यापछि साढे ५ बजे मिया झोला बोकेर होटलबाट बाहिरिएको सिसीटिभी फुटेजमा प्रष्टै देखिएको छ।

त्यसपछि उनी बाफल हुँदै कलंकी गएर बेलुका ८ बजे वीरगञ्ज जाने रात्रीबस चढेकोसम्म प्रहरीले पत्ता लगाएको थियो। वीरगञ्ज नाकासम्म पुगेको देखिए पनि त्यसपछि मिया कता गए भन्ने प्रहरीले भेउ पाउन सकेको थिएन।
गएराति सिरहाको लाहानबाट मिया पक्राउ परेपछि उनी भारतको कोलकत्तासम्म पुगेको देखिएको छ। कोलकत्तासम्म पुगेका उनी बंगलादेश जान नसकेपछि पुनः नेपाल फर्किएका थिए। नेपालको भिसा भएकाले नेपालबाट कोलकत्ता सहजै जान सकिने केही व्यक्तिले सुझाएपछि उनी नेपाल आएको देखिएको डिएसपी कुँवरले बताए।
यसरी पक्राउ परे मिया
केही दिन भारतमा बिताएका मिया नेपालको पूर्वी नाकाबाट भारत छिर्न सकिने थाहा पाएर उनी नेपाल फर्किएका थिए। त्यसपछि पूर्वी नाका काँकडभिट्टासम्म पुगेका उनलाई पर्यटक प्रहरीले काठमाडौंबाटै बंगलादेश जान मिल्ने भन्दै फर्काएका थिए। पछि काँकडभिट्टा प्रहरीले ‘एक बंगलादेशी नागरिकले आफ्नो साथीको हत्या’ गरेको सामाचार पढेपछि काठमाडौं प्रहरीलाई सम्पर्क गरेका थिए।

‘काकडभिट्टा नाकाबाटै रात्रीबसमा काठमाडौं फर्काइएका व्यक्ति नै हत्यारा भएको पुष्टि भयो। त्यसपछि हामीले ती बसका चालकलाई फोन गर्दा गाडी सिरहा आएइसकेको जानकारी आयो। हामीले घटनाबारे बताएर गाडी इलाका प्रहरी कार्यालय लाहानको प्रांगणमा छिराउन लगायौं। लाहान प्रहरीले नै मियालाई पक्राउ गरेर काठमाडौं पठायो,’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो।
यता मृतक परवेजको शव प्रहरीले पोस्टमार्टम गरेर दूतावासमार्फत बंगलादेश पठाइसकेको जनाएको छ।
No comments:
Post a Comment